बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग छलफल गर्दै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर छलफल गर्दै छन्।
बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो । पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् ।
बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।सोही निर्णयबमोजिम आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।