Logo
४ आश्विन २०८१, शुक्रबार
(October 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका ६ हजार बढी वडामा एकैदिन एमाले अधिवेशन, ओलीले गरे उद्घाटन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिबार एक साथ वडा अधिवेशन सुरु गरेको छ।

थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन्।

मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा अधिवेशन गरिएको हो।

एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार शनिबार देशका ६ हजार ७४३ वडामा अधिवेशन भइरहेको छ।

प्राकृतिक प्रकोप भएका केही केही वडामा भने अधिवेशन केही समयपछि हुनेछ। ओलीले ती वडामा पनि चाँडै अधिवेशन सक्न भर्चुअल सम्बोधनका क्रममा निर्देशन दिए।

एमाले आगामी ९ कात्तिकमा देशभरका ७५३ पालिकाहरुको अधिवेशन पनि एकसाथ गर्दैछ।

अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पनि एमाले देशको पहिलो शक्ति भएको बताएका छन्। उनले एमाले सकियो भनेर लड्डु खाएकाहरु अहिले एकतावद्ध भएको देखेर बेचैन भएको पनि बताए।

प्रकाशित मिति: Oct 23, 2021

प्रतिक्रिया दिनुहोस्