Logo
४ आश्विन २०८१, शुक्रबार
(October 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीशको राजीनामाबारे कुनै छलफल भएको छैन : बार

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।

एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रस्ट्याएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको स्पष्ट पारे। अध्यक्ष श्रेष्ठले पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैंले सोच्नुपर्ने प्रतिक्रिया दिए।

‘उहाँहरुको हिजोका अनुभवको आधारमासमेत उहाँहरुले आफ्नो विचारहरु दिनुभएको छ। त्यो विचारअनुसार त्यसको अवलम्बन गर्ने वा नगर्ने भन्ने कुरा जसप्रति इंगित गरेर त्यो वक्तव्य आएको छ, उहाँले सोच्नुपर्ने हो। पूर्वन्यायाधीशहरुको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आइसकेको छैन। हामी फरमल्ली त्यो अध्ययन गर्छौं। र, त्यसको सम्बन्धमा बारको कुनै धारणा बनिसकेको छैन। राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं,’ अध्यक्ष श्रेष्ठले भने।

उनले भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैंले भोग्नुपर्ने अवस्था आएको तर्क गरे। उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरुले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गरे।

अध्यक्ष श्रेष्ठले न्यायालयमा बिचौलिया प्रवेशमा रोक लगाउन आफूहरुले सुझाव दिँदै आएको पनि स्मरण गराए।

प्रकाशित मिति: Oct 23, 2021

प्रतिक्रिया दिनुहोस्