Logo
६ पुस २०८१, शनिबार
(October 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको रत्ननगर अस्पतालमा एक समूहद्वारा तोडफोड

चितवनको रत्ननगर अस्पतालमा तोडफोड भएको छ । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको हो ।

अस्पतालका सुरक्षा गार्डमाथि पनि कुटपिट भएको छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए ।

उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथि समेत हातपातको प्रयास गरेका बगालेले बताए ।तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् ।

तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिए ।

उनले राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरे ।

प्रकाशित मिति: Oct 22, 2021

प्रतिक्रिया दिनुहोस्