Logo
८ पुस २०८१, सोमबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशैभरका अदालत घटस्थापनादेखि पूर्णिमासम्म विदा हुने, बन्दी प्रत्यक्षीकरणको रिट भने हेरिने

आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विदा दिने निर्णय गरको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म  (असोज २१ गतेदेखि  कात्तिक ३ गतेसम्म) विदा हुने निर्णय गरको हो ।

दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ ।त्यसैगरी विदाका समयमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनउपर आदेश गर्नका लागि न्यायाधीशहरुको टुङ्गो लगाइएको छ ।

न्यायाधीशहरुसँग छलफल गरी बार अनुसार न्यायाधीशहरुको टुंगो लगाइएको हो ।सर्वोच्चको पूर्ण बैठकमा विदा र न्यायाधीश तोक्ने बाहेक प्रधानन्यायाधीशमाथि केन्द्रित भएर आएका समाचारका सम्बन्धमा पनि छलफल हुन सक्ने आकलन गरिए पनि त्यस सम्बन्धमा भने कुनै छलफल नभएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्