प्रधानन्यायाधीश जबराले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक डाकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक आज (मंगलबार) दिउँसो १ बजेपछि बस्न लागेको हो ।
प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा कोटा खोजेको समाचार आइरहेको अवस्थामा न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)बस्न लागेको हो ।
दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेन्डामाथि छलफल हुने अदालतका प्रवक्ता दाहालले जानकारी दिए ।
सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैँ बिदा हुन्छ तर, बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।