मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च अदालत
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मन्त्रिपरिष्द विस्तारमा असान्दर्भिक रुपमा जोडिएको सर्वोच्च अदालतले बताएको छ ।
सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको बताएको छ ।मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि आज विज्ञप्ति जारी गरेको थियो ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो’
यससम्बन्धी समाचार शनिवार सार्वजनिक भएको थियो । प्रधानन्यायाधीश राणाले यस विषयमा आएको समाचार सत्य नभएको पनि सो प्रतिनिधिमण्डलसँग बताएका थिए।