केराउ, सुपारी, छोकडा र मरिचको आयातमा सरकारले लगायो रोक
नेपाल सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाइएको बताएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोध तथा २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम आयातमा रोक लगाएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने छ । तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थामा आयात गर्न दिइने छैन ।