Logo
७ पुस २०८१, आईतबार
(October 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: Oct 4, 2021

प्रतिक्रिया दिनुहोस्