Logo
४ आश्विन २०८१, शुक्रबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले केन्द्रीय कमिटीबाट तीनवटै दस्तावेज पारित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत तीनवटै दस्तावेज परित भएको छ। शुक्रबारदेखि जारी बैठकको अन्तिम दिन आइतबार दस्तावेज प्रस्तुतकर्ताले जवाफ दिएसँगै पारित भएका हुन्।

स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको केन्द्रीय सदस्य पद्मा अर्यालले जानकारी दिइन्। उनका अनुसार बैठकमा आएका सुझावहरुलाई समावेश गर्ने गरी ती दस्तावेज पारित भएको हो।

ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो। समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए। आज ओली, पोरखेल र पौडेलले जवाफ दिएका थिए।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्