Logo
४ आश्विन २०८१, शुक्रबार
(September 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति

राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता साझेदार दलहरूबीच सहमति भएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच यस विषयमा सहमति भएको जसपाका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले जानकारी दिए।

‘मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा अब ढिलो गर्न नहुने भन्ने सहमति भएको छ,’ उनले भने, ‘शीर्ष नेताहरुले भोलिसम्ममा सबै विषय टुंगो लगाउने भन्ने कुराकानी भएको छ।’

उनका अनुसार मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंगोमा पुर्‍याएर सरकारको कामलाई गति दिने विषयमा नेताहरू सहमत भएका छन्। उनले भोलि वा पर्सिमा मन्त्रिपरिषद् बैठक बसेर अध्यादेश फिर्ता हुने र त्यसपछि थप प्रक्रिया अघि बढ्ने बताए।

उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने अडान राखेको थियो।

प्रकाशित मिति: Sep 26, 2021

प्रतिक्रिया दिनुहोस्