अमेरिकाको संसद भवनमा भएको दंगामा ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता
अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीमाथि मुद्दा दर्ता गर्ने भएको छ ।
गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।
उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको छ ।
यी चारैजना पूर्व राष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका छन् । तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेल निशानामा परेका हुन् ।
उनीहरुमाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाईएको छ ।
चारै जनासँग बयान लिन छानविन सतिमिले यही अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ ।