Logo
२६ पुस २०८१, शुक्रबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भगवान श्रीकृष्णको शरीरमा थिए यी ५ चमत्कारी रहस्य जान्नुहोस्!

हाम्रो समाजमा आज पनि धेरै मानिसहरुको मुखबाट निस्कने गर्छ राधाकृष्णको जस्तो जोडि होस् भन्ने गर्छन् । आज पनि ठूला मानिसहरुले नवविवाहित जोडिलाई आर्शिवाद दिदाँ सधै स्वागन रहो र राधाकृष्णझै मिलेर बस्नु भन्ने गर्छन् ।

विशेष गरी भगवान श्रीकृष्णलाई विष्णुको अवतारको रुपमा पनि मान्ने गरिन्छ । उनको जन्मबारे जन्म रहस्यमयी छ । उनको गर्भबाट जन्म नभएको पनि भनिन्छ ।

श्री हरि विष्णुले माता देवकीको कोखबाट बालरुपमा जन्म लिएका थिए । यो पनि रहस्यको विषय बनेको छ । उनी प्रत्येक योगको अंगमा पारंगत भएकोले कृष्णलाई योगेश्वर पनि भनिन्छ । योगबाट नै उनले शरीर चलाएर देखाउथे ।

भगवान श्रीकृष्णको शरीरको छाला गहुँगोरो थियो । न कालो न गोरो । यसैकारण उनलाई श्याम भनिएको हो । आज हामी हजुरहरुलाई भगवान श्रीकृष्णको चमत्कारी रहस्यबारे जानकारी दिन गइरहेका छौं ।

-भगवान श्रीकृष्ण परमधाम जाने बेलामा उनको एउटा कपाल पनि सेतो भएको थिएन् नत कपाल झरेको थियो । उनी सधै जवान देखिन्थे । उनी ११९ वर्षको उमेरमा आफ्नो धाम फर्किएका थिए ।

-भगवान श्रीकृष्णको शरीरबाट एक मादक पदार्थको गन्ध निस्किइरहेको हुन्थ्यो उनले युद्धको समयमा गन्ध लुकाउन प्रत्येक समय प्रयत्न गरेका हुन्थे ।

-भगवान श्रीकृष्णको मांसपेशिहरु धेरै नरम थिए तर युद्धको समयमा उनका हड्डीहरु बिस्तार बढेर निकै कडा हुने गर्थे । सामान्य समयमाउनको शरीर सामान्यतया युवतीको जस्तै सुन्दर देखिन्थ्यो तर, युद्धको समयमा धेरै कडा हुन थाल्थ्यो ।

-कृष्णको कपाल घुम्रेको थियो र आँखा ठुला–ठुला थिए । उनको आम मानिसको भन्दा आँखा र कपाल फरक थियो ।

-शरीरमा पँहेलो कपडा र टाउकोमा मोरको मुकुट, घाँटीमा बैजयन्तीको माला र हातमा बाँसुरी लगाएर उनको रुप मनमोहक देखिन्थ्यो ।एजेन्सी 

 

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्