Logo
३ माघ २०८१, बिहीबार
(September 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूत दिए बधाई

चीन र अमेरिकी राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् ।

परराष्ट्रमन्त्री खड्कालाई अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले ट्विटर मार्फत बधाई दिएका हुन् ।अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड-१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

त्यस्तै चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुधबारनै बधाई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए । डा. खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए र बुधबार कार्यभार सम्हालेलगत्तै उनी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन हिजो नै न्यूयोर्क प्रस्थान गरेका थिए । परराष्ट्रमन्त्री खड्का र जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता हुने छ ।

 

 

प्रकाशित मिति: Sep 23, 2021

प्रतिक्रिया दिनुहोस्