Logo
४ आश्विन २०८१, शुक्रबार
(September 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपालको एकीकृत समाजवादी पार्टीले जबज मान्ने‚ बामदेवलाई समेत ल्याउने प्रयास

माधव नेपालको एकीकृत समाजवादी पार्टीले जबज मान्ने भएको छ । यसअघि जबज नमानेको भन्दै बामदेव गौतम नेपालको पार्टीमा जान अस्वीकार गरेका थिए । अब भने उनलाई मनाउनकै लागि भएनी नेपालको पार्टीले जबज मान्ने भएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)का सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुको अठोट रहेको बताएका छन्।

नयाँ बानेश्वरमा बुधबार दोस्रो दिन बसेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले जबजका सारभूत विचारहरुलाई अवलम्बन गरेर समाजवाद र समृद्धिको यात्रामा जाने आफूहरुको अठोट रहेको बताएका हुन्।

‘जबजका सारभूत विचारहरुलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै भने, ‘यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो।’

जबज पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा देखा परेको सिर्जनात्मक अध्याय भएको जिकिर गर्दै नेपालले बैठकमा जबजलाई थप विकसित गर्दै लगिने धारणा राखेको पनि उनले बताए।

‘आजभन्दा अगाडि नेकपा एमालेले जबजलाई कुरुप गर्दै गएको थियो। यसलाई विद्रुप बनाउँदै गएको थियो। या त यसलाई देवत्वकरण गर्ने, जनताको बहुदलीय जनवादलाई वेद पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो’, खतिवडाले भने, ‘या त यसलाई यति विकृत बनाइएको थियो कि जबजको आदर्श भनेकै आजका व्यवहारहरु नै यदि जबजका आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पु¥याउन लागिएको थियो। हामी यसबाट मुक्त हुन चाहन्छौँ।’

बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: Sep 22, 2021

प्रतिक्रिया दिनुहोस्