Logo
४ आश्विन २०८१, शुक्रबार
(September 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल उपमहानगरपालिकाका मेयरलाई मुक्का हान्ने यी युवा को हुन ?

बुटवलमा उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवा नेकपा (एमाले)का कार्यकर्ता भएकाे खुलेकाे छ।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई अनेरास्विवयू रूपन्देहीका सदस्य गणेश पंगेनीले मुक्का प्रहार गरेकाे एमालेका एक नेता पुष्टि गरे।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनीकाे पहिराे प्रभावित हुन्। मेयर सुवेदीलाई सोमबार मध्यान्ह पंगेनीले मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

एमाले अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि नेताहरू छलफलमा जुटेका छन्। मुक्का प्रहार लगत्तै युवा संघ, नेपालका नेताहरूले आक्रमणकारीलाई नछाेडने प्रतिक्रिया दिएका थिए।

प्रहरीले भने अझैसम्म ती युवालाइ पक्राउ नगरिएकाे जनाएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले खाेजी भइरहेकाे बताए। जबकि कुँवरकै अगाडि मेयरमाथि आक्रमण भएको थियाे।

विद्यार्थी राजनीति गर्दै आएका पंगेनीले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई उद्धृत गर्दै प्रहरीले बताएको छ। उक्त क्षेत्रमा भदाै १० देखि ठूलाे वर्षा चुरे बगेर ज्याेतिनगर क्षेत्रका दुई दर्जन घरमा क्षति पुगेकाे थियाे। साेमबार मात्रै पनि ९ घर पहिराेले क्षतिग्रस्त भएकाे थियाे।

प्रकाशित मिति: Sep 20, 2021

प्रतिक्रिया दिनुहोस्