Logo
४ आश्विन २०८१, शुक्रबार
(September 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट कोरोना विरूद्धको ४४ लाख डोज खोप ल्याइर्दै

४४ लाख डोज कोरोना विरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।

एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।

उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।

स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो।

प्रमुख दाहालले अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आउने र थप खोप पनि ल्याउन कुराकानी भइरहेको बताए।

प्रकाशित मिति: Sep 16, 2021

प्रतिक्रिया दिनुहोस्