Logo
४ आश्विन २०८१, शुक्रबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँ तथा तिहारका लागि नयाँ नोट कहिले कसरी लिन पाइन्छ ?

दसैँ तथा तिहारलक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट निष्कासन गरेको छ ।

असोज ४ देखि २४ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नयाँ नोट साट्न सकिने बताएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट सटहीको व्यवस्था मिलाइएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने रूपैयाँ वितरण गरिने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइनेछ ।

गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्