Logo
२ माघ २०८१, बुधबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट पहिलो पटक वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल !

भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । नेपाल-भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलो पटक भारतबाट वीरगञ्ज निजी कार्गो रेल आइपुगेको हो ।

बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

२०६१ सालमा भएको नेपाल-भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो ।

रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

 

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्