Logo
४ आश्विन २०८१, शुक्रबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्टलक्ष्मीलाई समर्थन नगर्ने नेकपा एसको निर्णय, के होला बागमती सरकारको भविष्य ?

नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ।

आज बसेको संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गर्दै यसबारे सचिवालयलाई जानकारी गराउने निर्णय गरेको सांसद वसन्त मानन्धरले जानकारी दिए।

उनका अनुसार बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ। यस्तै एकीकृत समाजवादीको संसदीय दलको विधानसमेत पारित गरेको छ।

एकीकृत समाजवादीले समर्थन नगरेसँगै बागमतीमा शाक्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा परेको छ। अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने वा राजीनामा दिनेमम्ये एक विकल्प रोज्‍नुपर्नेछ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्