Logo
४ आश्विन २०८१, शुक्रबार
(September 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्मा तनावग्रस्त, ठेलमठेलले सत्तापक्षको टेबल भाँचियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा भएको ठेलमठेलमा संसदको एउटा टेबल भाँचिएको छ।

शुक्रबार नेकपा एमालेका सांसदहरुले नाराबाजी ‍गरिरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले संसद बैठकलाई अघि बढाएका थिए।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय उपलब्ध गराएका थिए।

सभामुखले अर्थमन्त्रीलाई समय उपलब्ध गराएसँगै अर्थमन्त्रीलाई एमाले सांसदहरुले रोस्टममा जानबाट रोक्न खोजे।

त्यसक्रममा एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको भयो। एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी हुँदा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए।

एमाले सांसदहरुले अवरोध कायम राखेपनि जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

प्रकाशित मिति: Sep 10, 2021

प्रतिक्रिया दिनुहोस्