एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभाबाट बजेटसम्बन्धी तीन विधेयक पारित
एमाले सांसदको अवरोधबीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।
शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो । एमाले सांसदको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले ती विधेयकहरूलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।
तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।