एमालेको नाराबाजीका बीच अर्थमन्त्रीद्वारा संसद्मा आर्थिक अध्यादेश पेश
प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आर्थिक अध्यादेश पेश भएको छ । एमालेको नारावाजी बीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक अघि बढाएका छन् ।
सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।एमालेले नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे र प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे ।
एमाले सांसदहरुको नाराबाजीका शुक्रबारको कारण पहिलो बैठक स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपनि सभामुखले संसदको कारबाही अगाडि बढाए ।
उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए ।उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए ।