Logo
४ आश्विन २०८१, शुक्रबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी अहिलेकै अवस्थामा कुनै हालतमा पारित हुँदैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा संसद्‌बाट पारित नहुने बताएका छन्।

माओवादी भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को नयाँ कार्यसमिति बनेपछि पहिलो बैठकलाई मंगलबार बत्तिसपुतलीमा सम्बोधन गर्दै प्रचण्डले एमसीसी पारित नहुने बताएका हुन्।

‘एमसीसीका विषयमा सहर मात्रै होइन गाउँ गाउँ, टोल टोलमा चर्चा भइरहेको छ। त्यसैले सरकार र पार्टीको पनि ध्यानाकर्षण भएपछि अमेरिकालाई कूटनीतिक नोट पठाएका छौं। त्यसको जवाफ पनि आएको छैन’ प्रचण्डको भनाइ उदृत गर्दै वाइसीएलका एक नेताले भने, ‘अहिलेकै अवस्थामा एमसीसी कुनै हालतमा पारित हुँदैन। त्यो संसद्‌बाट पारित हुने सम्भावना छैन।’

राष्ट्र र राष्ट्रितालाई हानी हुनेगरि माओवादीले सम्झौता नगर्ने भन्दै ढुक्क रहन कार्यकर्तालाई प्रचण्डले आग्रह गरे। यसअघि एमसीसीका विषयमा तत्कालीन नेकपा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावलाई समेत ध्यान दिइने प्रचण्डले बताए।

माओवादी निर्माणमा वाईसीएल फौजी किरा जस्तो सक्रिय भइ लाग्न प्रचण्डले आग्रह गरे।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्