Logo
४ आश्विन २०८१, शुक्रबार
(September 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संखुवासभा हत्या प्रकरण : एकै परिवारका ६ जनाको शव कस्तो अवस्थामा भेटियो ?

संखुवासभाको मादी नगरपालिका–१ मा हत्या भएका एकै परिवारका ६ जनामध्ये तेजबहादुर कार्कीको पेट काटेको र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको छ ।

‘लाश छुट्टै छन्, तेजको पेट र टाउकोमा चोट लागेको देखिन्छ,’ वडा नम्बर १ का अध्यक्ष खेमनाथ कटुवालले भने, ‘खोलामा भएका बुहारीहरूको शव परबाट हेर्दा केही देखिँदैन तर बच्चाहरूको शरीरमा चोट देखिँदैन ।’

उनका अनुसार घरमा अन्य सदस्यहरू २२ वर्षीय नरेश कार्की र २५ वर्षीय रमेश कार्की वैदेशिक रोजगारीमा छन् ।

प्रहरीका अनुसार ९३ वर्षीय पार्वता कार्की, उनका छोरा तेजबहादुर कार्की, बुहारी मनमाया, नातिनीबुहारी रन्जना, नाति दीप र नातिनी गोमाको हत्या भएको हो । घरका ज्येष्ठ सदस्य बौद्धमान भने जीवित छन् ।

प्रकाशित मिति: Sep 6, 2021

प्रतिक्रिया दिनुहोस्