Logo
४ आश्विन २०८१, शुक्रबार
(September 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा भदौ २२ पछि मात्र सरकारमा सहभागी हुने

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने पनि बताए ।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए ।

गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।

उनले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप पनि लगाएका छन् । अध्यक्ष यादवले आफ्नो पार्टीले महन्थ नेतृत्वको लोसपासँग कुनै प्रतिस्पर्धा नहुने जिकिर गरे ।

प्रकाशित मिति: Sep 2, 2021

प्रतिक्रिया दिनुहोस्