Logo
१३ मंसिर २०८१, बिहीबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मन्त्री साह र यादवको जिम्मेवारी हेरफेर

प्रदेश नं २ मा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् । मुख्यमन्त्री  राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेवारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिला बताए ।उनीहरु दुवैजना जसपाका नेता हुन् ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्