Logo
११ मंसिर २०८१, मंगलबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको काबुल बिस्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्याे

अफगानिस्तानको काबुल विमानस्थल नजिकै बिहीबार साँझ भएका विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ ।उक्त हमलामा परी हालसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ९० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ बम हमला भएको थियो।विस्फोटमा ज्यान गुमाउनेमा बालबालिकाहरु पनि छन्।

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका थिए। हमलाको जिम्मेवारी इस्लामिक स्टेटको एक सहयोगी संगठनले लिएको छ।

यसैबीच सो आक्रमणपछि राष्ट्रपति बाइडेनले जिहादीलाई क्षमा नदिने बताएका छन् ।जिहादी समूहले हमलाको जिम्मेवारी लिएको छ । राष्ट्रपति बाइडनले भने, ‘हामी माफ गर्ने छैनौँ । हामीले बिर्सने छैनौँ । हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ ।’

विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ । हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्