मुख्यमन्त्री भीम आचार्यका भाइ इनरुवा स्थित घरमै मृत भेटिए
प्रदेश १ नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत अवस्थामा भेटिएका छन् ।
बिहीबार बिहान सुनसरी स्थित इनरुवा नगरपालिका-३ मा रहेको निवासमै आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद मृत भेटिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जय थापाले जानकारी दिए ।
उनका अनुसार रामप्रसाद झ्याल ढोका बन्द गरेर बेडमा पल्टिएको अवस्था भेटिएका हुन् । मृत भेटिएको सूचना पाउनासाथ प्रहरीको टोली आचार्यको निवासमा पुगेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए । नेकपा एमालेका सचिव समेत रहेका भीम आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् ।