Logo
११ मंसिर २०८१, मंगलबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोडेर्ना खोप लगाउन जापानले लगायो रोक, तोकिएभन्दा फरक तत्व मिसिएको दाबी

जापानको केन्द्रीय सरकारले मोडेर्ना खोप प्रयोग नगर्न निर्देशन दिएको छ ।

जापानको कोरोना भाइरसविरुद्दको मोडेर्ना खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको हो ।

जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारलाई निर्देशन दिएको हो ।

मोडेर्ना खोपको जापान वितरक ताकेदा फार्मेसिटिकल कम्पनीका अनुसार उक्त ५ वटा प्रान्तको विभिन्न ठाउँमा वितरण भएको १६ लाख ३० हजार डोज खोप तत्काललाई नलगाउन निर्देशन दिइएको छ ।

जापानको आईची, गिफु,टोकियो, इबाराकी र साइतामा प्रान्तहरुमा वितरण भइरहेका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिसिएको जानकारी स्वास्थ्य मन्त्रालयले बिहीवार बिहान जानकारी गराएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै लटमा एउटै कम्पनी (स्पेन)मा उत्पादन गरिएको उत्पादन गरिएका १६ लाख ३० हजार डोज खोप ३ वटा लट नम्बर सहित जापान आइपुगेको थियो । ३००४६६७, ३००४७३४ र ३००४९५६ लट नम्बरका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिश्रण भएको बताइएको छ ।

सबै खोपहरुमा मिसावट हो या केहि बोत्तलमा मात्र हो भन्नेबारी अनुसन्धान भइरहेको जनाइको छ । हालसम्म यो खोप लगाएका व्यक्तिहरुले स्वास्थ्य खरावी आएको घटना भने सार्वजनिक भएको छैन ।

 

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्