Logo
९ मंसिर २०८१, आईतबार
(August 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा आज नेकपा एमालेको बैठक, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

नेकपा एमाले प्रदेश १ संसदीय दलले आज दिउँसो ११ बजे बैठक बस्ने भएको छ ।

आज बोलाइएको नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले राजीनामा दिने तयारी रहेको बुझिएको छ ।

सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् ।एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या घटिसकेको बताईएको छ ।

प्रकाशित मिति: Aug 26, 2021

प्रतिक्रिया दिनुहोस्