Logo
४ आश्विन २०८१, शुक्रबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज माओवादी केन्द्रले तोक्यो

नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ ।

आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।

त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए ।

केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको उनले बताए ।

केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको श्रेष्ठले बताए ।

जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहमा पठाइने जानकारी दिए ।

बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै पूर्णता हुने दावी गरे ।

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्