Logo
७ पुस २०८१, आईतबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान नियुक्तीविरुद्धको रिट कुमार रेग्मीको इजलासमा

नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङविरुद्ध परेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको इजलासमा तोकिदिएका हुन् ।आफूलाई गैर कानुनी रूपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै शाक्यले त्यसलाई बदर गरी आफूलाई यथावत् राख्नुपर्ने रिटमा माग गरेका छन् ।

साउन ३२ मा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दाय गरेका थिए ।

प्रकाशित मिति: Aug 18, 2021

प्रतिक्रिया दिनुहोस्