Logo
४ आश्विन २०८१, शुक्रबार
(August 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले विभाजनमा तल्लिन नेपालसहित १४ नेताको सांसद् पद खोस्दै ओली, संसद् सचिवालयमा पत्र !

एमाले विभाजनमा तल्लिन माधव नेपालसहित १४ नेताको सांसद् पद खोस्ने गरी नेकपा एमालेले गृहकार्य अघि बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् सचिवालयमा संसद् पद खोस्नका लागि पत्र पठाएका हुन ।

नेपालसँगै रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायतलाई पदमुक्त गर्न भनिएको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले बताएको छ ।

कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
१.माधव नेपाल

२. मुकुन्द न्यौपाने

३.जीवनराम श्रेष्ठ

४. लक्ष्मीकुमारी चौधरी

५.कलिला खातुन

६.कल्याणी खड्का

७.रामकुमारी झाँक्री

८. निरादेवी जैरु

९.पुष्पाकुमारी कर्ण

१०. सरला यादव

११.कृष्णलाल महर्जन

१२.विरोध खतिवडा

१३.मेटमणी चौधरी

१४.भवानी खापुङ

प्रकाशित मिति: Aug 17, 2021

प्रतिक्रिया दिनुहोस्