मलेसियाका प्रधानमन्त्री यासिनले पदबाट दिए राजीनामा
मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् ।संसदबाट विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सरकारको नेतृत्वको गरेको १७ महिनामै उनले राजीनामा दिनु परेको हो । उनी सन् २०२० को मार्चमा सत्तामा आएका थिए ।पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै नागरिक स्तरबाट सरकारको तीव्र आलोचना हुँदै आएको थियो ।
सरकारले कामभन्दा बढी राजनीति गर्ने गरेको आरोप लाग्दै आएको थियो ।