Logo
४ आश्विन २०८१, शुक्रबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्रदेव सर्वोच्च पुगे

सरकारले बर्खास्त गरेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् ।

उनले आफू नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा काम गर्न पाउनुपर्ने माग गर्दै रिट दायर गरेका छन् ।

“मेरो सहमतिबेगर मलाई विपक्षी जल तथा ऊर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र विपक्षी कुलमान घिसिङलाई मेरो पदाधिकार नटुटेको र कायम रहेको विपक्षी प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णयबाट मेरो उक्त पदमा रही काम गर्ने मेरो अधिकारमा आघात पुग्नगै मलाई अपुरणीय क्षति हुने भएको हुनाले मिति २०७८–०४–२५ को नेपाल सरकार मन्त्रिपरिषदको अवैधानिक निर्णय, कुलमान घिसिङलाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्नु र मलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिनु दिलाउनु भनी सर्वोच्च अदालतको नियमावलीको नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरी पाउँ,” निवदेनमा भनेका छन् ।

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्