Logo
४ आश्विन २०८१, शुक्रबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले टुक्राउन सेटिङ ! संसद् अधिवेशन अन्त्यसँगै दल विभाजन सम्बन्धि अध्यादेश आउँदै

नेकपा एमाले टुक्राउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपालबीच सेटिङमा चालू संसद् अधिवेशन अन्त्य गरिएको छ ।

शीर्ष तीन नेताहरुको समझादरीमा सरकारले राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारीका साथ संसद् अधिवेशन अन्त्य गरेको हो ।
यसले सत्तारुढ गठबन्धनमा सहभागी नेकपा एमालेको माधव नेपाल पक्षलाई सहज हुनेछ ।

अध्यादेशमा दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाइनेछ । अध्यादेश ल्याउने वातावरण बनाउन सरकारले आजै रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ । अध्यादेशमार्फत सोही प्रावधान खुकुलो बनाए ‘केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत’ पुर्‍याए विभाजनका लागि पुग्ने व्यवस्था गर्न लागिएको हो ।

बालुवाटारनिकट स्रोतका अनुसार नेकपा एमालेको विभाजनबिना सरकार विस्तारलगायतका काम असहज भएकोले अध्यादेशको तयारी गरिएको हो । यसका लागि गठबन्धनका शीर्ष नेताहरूबीच सहमति भइसकेको बताइन्छ ।

प्रकाशित मिति: Aug 16, 2021

प्रतिक्रिया दिनुहोस्