Logo
४ आश्विन २०८१, शुक्रबार
(August 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नहुने, मिति सार्ने प्रस्ताव केन्द्रीय समितिमा पेस

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशन सार्ने प्रस्ताव पेस भएको छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको सुझाव अनुसार कार्यतालिका निर्माण हुनेगरी भदौको महाधिवेशन सार्ने प्रस्ताव पेस गरेका हुन् ।

‘महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको सुझाव अनुसार नयाँ कार्यतालिका निर्माणको प्रस्ताव पेस गर्नुभएको छ । बैठकले सहमतिका आधारमा नयाँ कार्यतालिका निर्माण गर्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कांग्रेसको १४ औँ महाधिवेशन १६-१९ भदाैका लागि तय गरिएको थियो । क्रियाशील सदस्यता र पार्टी समायोजन विवादका कारण साउनभित्र सम्पन्न गर्ने भनिएको वडा र क्षेत्रको अधिवेशन सम्पन्न हुन नसकेपछि केन्द्रीय महाधिवेशन प्रभावित बनेको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक र पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले आफ्ना समितिको कामबारे केन्द्रीय सदस्‍यहरूलाई ब्रिफिङ गरेका थिए । बैठकमा राष्ट्रिय राजनीतिबारे पनि छलफल भइरहेको प्रवक्‍ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Aug 12, 2021

प्रतिक्रिया दिनुहोस्