Logo
४ आश्विन २०८१, शुक्रबार
(August 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई स्पष्टिकरण नबुझाई रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट दिए राजीनामा

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।

सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दै आएको भन्दै स्पष्टीकरण सोधेको थियो । तर उनले आफूले स्पष्टीकरण दिन जरुरी नरहेको भन्दै सामाजिक सञ्जालमा लेख्दैआएका थिए ।

केपी ओली नेतृत्वको सरकार हटेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाल, पुष्पकमल दाहाल सहित विभिन्न नेताहरुविरुद्ध कडा टिप्पणी गर्दैआएका थिए । साथै आफूलाई कसैले पदबाट हटाउन नसक्ने चेतावनी समेत उनले दिएका थिए ।

प्रकाशित मिति: Aug 11, 2021

प्रतिक्रिया दिनुहोस्