यौन उत्पीडनको आरोप पुष्टि भएपछि न्यूयोर्कका गभर्नर कुमोले दिए राजीनामा
यौन हिंसामा संलग्न रहेको आरोप पुष्टी भएपछी अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजिनामा दिएका छन् ।
उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।
११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट पुष्टी भएपछी राजीनामा दिन दबाब बढेपछी कुमोले राजीनामा दिएका हुन् ।न्युयोर्कका महान्यायाधिवक्तको कार्यालयले कुमोले यौनजन्य हिंसा गरेको ५ महिना लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
न्यूयोर्क राज्यको न्यायाधिवक्ताले गरेको अनुसन्धानमा कुओमोले प्रान्तीय सरकारका बहालवाला र पूर्व कर्मचारीहरुमाथि यौन उत्पीडन गरेको निष्कर्ष निकालिएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।
ती ११ महिलाहरुमाथि बिभिन्न प्रकारको यौन हिंसा गरेको भन्दै बिगत पाँच महिना अघी उजुरी परेको थियो । सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता कुमो सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर पदमा रहेका थिए ।