उदयपुरमा ८ दिन अघिदेखि हराएकी किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका
प्रदेश नं १ स्थित उदयपुरमा ८ दिन अघिदेखि हराएकी १६ बर्षीया किशोरीको शव फेला परेको छ ।
८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा सडेको अवस्थामा फेला परेको हो ।
उदयपुर जिल्ला प्रहरीले सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ । साउन १९ गते स्थानीयवासीले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
शव फेला परेको एक साता भइसके पनि घटना सार्वजनिक गरिएको थिएन ।क्रिष्टिला स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । बालिकाको बलत्कारपछि हत्या भएको हुन सक्ने आंशका गरिएको छ ।
‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण अनुसन्धान भइरहेको छ’ प्रहरीले बताए । घटनामा सलग्न रहेको आशंकामा तीन जनलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।
त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफूलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए।