Logo
१३ मंसिर २०८१, बिहीबार
(August 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किर्ते नागरिकता लिने र दिने दुवै दोषी भएकोले दुबैलाई कारबाही गर्नुपर्छ : प्रदेश प्रमुख

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले गलत प्रक्रियाबाट नेपाली नागरिकता किर्ते गरी लिनेलाई मात्र नभई दिने कर्मचारी दुवै दोषी भएकोले कारबाही गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा हिजो (आइतबार) सुरक्षा निकायका अधिकारी र सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रदेश प्रमुख अहिराजले लिनेलाई कारबाही हुने अनि दिने व्यक्ति पेन्सन खाएर बस्नु ठीक नभएको बताउदै दुवैलाई कारबाहीको दायरामा ल्याउनु जरुरी रहेको उल्लेख गरे ।

झाले राजनीति र अपराधलाई छुट्याउनुपर्ने धारणा राख्दै राजनीति र अपराध छुट्टाछुट्टै विषय भएको र यी दुवैलाई चिनेर अगाडि बढे मात्र समाज पनि मजबुत बन्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रमुख झाले सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न नसकिने जनाउदै प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने पनि विचार व्यक्त गरे ।

प्रकाशित मिति: Aug 9, 2021

प्रतिक्रिया दिनुहोस्