Logo
४ आश्विन २०८१, शुक्रबार
(August 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकाका लागि कोरोना विरुद्धको खोप ल्याउने तयारी

सरकारले बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले संसदको स्वास्थ्य तथा शिक्षा समितिमा बालबालिकाका लागि अमेरिकाबाट फाइजरको ६० लाख डोज खोप ल्याउन लागेको जानकारी गराएका हुन्।

सरकारले यस सम्बन्धी प्रकृया अगाडि बढाइसकेको उनले बताए।

यस्तै राज्यमन्त्री श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख डोज खोपको व्यवस्था गरिसक्ने दाबी गरे।

चैतसम्म ५ करोड २५ लाख डोज खोप व्यवस्था गरिसक्ने उनले बताए।

प्रकाशित मिति: Aug 5, 2021

प्रतिक्रिया दिनुहोस्