Logo
२ माघ २०८१, बुधबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि खुला

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनीले हाल कायम जारी पूँजी २ अर्बको ३० प्रतिशत अर्थात ६० करोड रकम बराबरको शेयर जारी गरेको हो ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । प्रति शेयर रु. १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीको प्राथमिक निष्काशन ९आइपिओ०मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज विहान १० बजेबाट छिटोमा आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्नेछन् ।

अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ । यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्