उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय
उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।