Logo
४ आश्विन २०८१, शुक्रबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति ! नियन्त्रणमा सक्रिय बन्दै सिआईबी !

पछिल्लो समय काठमाडौंमा फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गर्ने गरेको पाइएको छ ।

यसैक्रममा, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय गराउने दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका तीनका प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका पाँच का ज्योती पोमुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागी केनद्रीय कारागार कार्यालय जगन्नाथदेवलमा जेल चलान समेत गरेको छ ।

अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोकका प्रवक्ता समेत रहेका एसपी प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिवेदीले जानकारी दिए । मानव बेचविखन अनुसन्धान ब्यूरोले गत असार २१ मा प्रिती थापा मगरलाई र गत असार ३० गते ज्योती पोमुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी १६ वर्षका किशोरी आमाको मृत्युपछि बाफलस्थित ज्योती पोमुको घरमा बस्दै आएकी थिईन । आमा मार्फत चिनजान भएकी ज्योतीले बाफलस्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटी बोलाएर वेश्यावृत्ति गरादैँ आएकी थिईन ।

बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रिती थापाले ‘थानकोटमा मेरो कोठामा हिँड, त्यहाँ बच्चा रेखदेख गर तिमीलाई पढाइदिन्छु’ भनेर उनले आफ्नो फ्ल्याटमा राखिन । थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन व्यवसायमा लगाएको ब्यूरोका प्रवक्ता द्धिवेदीले बताए । वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा आएकी थिईन ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्