Logo
४ आश्विन २०८१, शुक्रबार
(July 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिबार ३१ सय कोभिड बिरामी थपिए, २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकमा ३१०६ जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ५१९ नमुना (९२६३ पीसीआर र ४२५६ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबार थप २३ जनाको मृत्यु भएको छ । १९१६ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा शनिबार ७७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २८ हजार ९४१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ९५ हजार, कूल मृत्यु ९८५७ र कूल निको हुने संख्या ६ लाख ५४ हजार रहेको छ ।

प्रकाशित मिति: Jul 31, 2021

प्रतिक्रिया दिनुहोस्