Logo
९ मंसिर २०८१, आईतबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ विक्री खुला

आजदेखि मैलुङखोला जलविद्युत् कम्पनीले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो। कम्पनीले यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसमा प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ। यो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ। बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ। लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन्।

 

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्