Logo
१३ मंसिर २०८१, बिहीबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो देशको सीमा सुरक्षित रहोस् : प्रदेश प्रमुख

प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपालको सीमाक्षेत्र सुरक्षित रहनुपर्ने बताएका छन् । सीमाक्षेत्रको अवस्था बुझ्नुका साथै भ्रमण निरीक्षण गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिमानाको अवस्था, सिमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका समस्या, स्तम्भहरुको अवस्था र सीमा सुरक्षाको स्थितिबारे स्थलगत निरीक्षण गरेका हुन् । सर्लाही जिल्लास्थित संग्रामपुर, त्रिभुवन नगर, भाडसर, फेन्हारा र मधुबनी लगायतका स्थानहरुमा पुगी सीमाक्षेत्रबारे जानकारी लिएका थिए ।

यसैगरी, प्रदेश प्रमुख डा.अहिराजले बाढीपहिरोबाट हुन सक्ने क्षति, सचेतनाको प्रयास, पूर्वतयारी, सीमाक्षेत्रका नागरिकहरुको समस्या बुझ्न स्थलगत निरीक्षणसमेत गरेका थिए । सर्लाहीको अधिकान्श सीमाक्षेत्रको अनुगमन र जनताको पीडा नजिकबाट बुझ्ने प्रयास गरेको उनले बताए ।


साथै, सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीमा वृक्षरोपण कार्यक्रम पनि गरेका थिए । सशस्त्र प्रहरी नायब महानिरीक्षक सिपि गौतम, नेपाल प्रहरीको नायब महानिरीक्षक उमेश रन्जितकार, पत्रकार महासंघ सर्लाहीका सभापति टन्क क्षेत्री लगायतकाहरुले वृक्षरोपण गरेका थिए ।
प्रदेश प्रमुख डा.अहिराजको प्रशंसनीय कार्यहरु
-आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्ने बित्तिकै पृथ्वीनारायण शाहको ठूलो फोटो टाँसे ।
-मन्त्रीहरुको शपथ ग्रहण अनिवार्य नेपाली भाषामै गराउन बाध्य बनाए ।
– मन्त्रिमण्डलमा महिलासहितको समावेशी हुनुपर्छ भनेर प्रदेश सरकारलाई दबाब दिए ।
-देशका सीमा स्तम्भ निरीक्षण गर्न सीमा क्षेत्रमै पुगे ।
– विधिसंवत् नभएका दुई विधेयक लिखित सुझावसहित फिर्ता पठाए ।
– प्रदेश सरकारलाई समावेशी बनाउन लिखित पत्राचार गरे ।
-सडकमा भेटिएका घाइतेको उपचारका लागि आफ्नै सवारीसाधन पठाए ।
– जातीय र सामुदायिक अतिवादलाई न्यून गर्दै समभावमा आधारित समाज निर्माणको पहल गरे ।
-शिरमा देश मधेशमा मन राखेर काम गर्न सबैलाई निर्देशन दिएर आफूले पनि गरे ।
– निजी स्वकीय सचिवालय नराखेर राज्यको पैसा जोगाए र निजामती कर्मचारीमै विश्वास राखे ।
– नागरिकको सुुखदुख बुझ्न घरआँगनमै पुगे, किसानको पीडा बुझ्न खेतमै पुगे र विद्यार्थीको पीडा बुझ्न विद्यालयमै पुगे ।
-अनाथ र दुखी पीडितलाई आफ्नै तलबबाट राहत वितरण गरे ।
-कार्यालयका करारमा रहेका सहयोगी र चालकलाई आफ्नो तलबबाट २०÷२० लाखको जीवनबीमा गराईदिए ।

 

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्