Logo
९ मंसिर २०८१, आईतबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात घाइते

लुम्बिनी प्रदेश स्थित गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मुसिकोट नगरपालिका-४ दोभानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका-४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुखले बताएका छन् । दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्